‘गिरिजाबाबु नैतिकवान हुनुहुन्थ्यो, देउवामा त्यो देखिएन’ काँग्रेस जगाउन नेतृत्व नफेरि नहुने

Advertisement

काठमाडौंः काँग्रेस नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छिन् । सोमबार रिपोर्टर्स क्लबमा कोइरालाले देउवाकै कारण पार्टी कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्ने बताइन ।

चुनावमा पार्टीले पराजय भोग्दैमा देउवाले राजिनामा दिनुमा अहिलेसम्म नैतिक जिम्मेवारी नलिएको भन्दै उनले देउवाको आलोचना पनि गरिने । कोइरालाले भनिन्, “पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपथ्र्यो । गिरिजाबाबुले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो । देउवाले त्यसो गर्न सकेनन् ।”

उनले पछिल्लो समय काँग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै देउवाले सक्षम र राम्रा मान्छेलाई भन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको पनि गुनासो पोखिन ।

कोइरालाले भनिन, “गाउँ–गाउँमा सक्षमकार्यकर्ता छन् । सुतेर बसेकालाई जगाउन सक्ने हो भने काँग्रेस बलियो हुन्छ । फेरी जागेर आउँछ । जगाउन सक्ने नयाँ नेतृत्व चाहिन्छ ।” उनले थपिन– “पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताको भावनाबुझ्न सक्ने नेतृत्व चाहिन्छ । माथि बसेर लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ ।”

अब महासमितिको बैठक बसेर काँग्रेसको आगामी यात्रा तय गर्नुपर्नेमा उनले जोड दिएकी छिन् । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमा उनले सचेत गराइन् । अहिले संसदमाप्रतिपक्षीको भूमिकापनिकांग्रेसले प्रभावकारी रुपमानिभाउननसकेको कोइरालाको जिकिर थियो ।

पार्टीभित्रका सबै समस्या समाधानगर्न सक्ने सक्षम नेतृत्वअबको आवश्यकता रहेको उनको भनाई छ । महासमितिको बैठकपछि महाधिवेशनको यात्रा तय गर्नुपर्ने भन्दै उनले जसले विपीको सिद्धान्त अंगाल्न सक्छ उसैलाई नेतृत्वमा ल्याउनुपर्ने बताइन् । कोइराला परिवारभित्रबाटै अबको नेतृत्व खोज्न लाग्नु भएको हो त पत्रकारको प्रश्नमा उनले काँग्रेसलाई जगाउन सक्ने व्यक्ति हुनुपर्ने तर्क गरिन् ।

उनले भनिन्, ‘‘सधैँ कोइराला परिवार रहँदैन, कोइराला हूँदैमा सबै राम्रो हुन्छ भन्ने छैन । कोइरालाहरु भ्गवान पनि होइनन् । तर विपिको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति चाहिन्छ ।”

पार्टीको नीति, सिद्धान्त र विचाभन्दाबाहिर जानखोज्नेलाई नेतृत्वदिननहुने उनको तर्क थियो । सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रितहुन सके उपलब्धिहाँसिलहुनेमाआफू विश्वस्त रहेको नेतृ कोइरालाले बताईन् ।

Advertisement

Advertisement

Advertisement