एनबी बैंक र नेसनल लाइफबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौंः नेपाल बङ्लादेश बैंक (एनबी) र नेसनल लाईफ ईन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । बैंक र इन्स्योरेन्सले गत जेठ ३१ गते बैैंकासुरेन्स सम्झौता गरेका हुन् ।

सम्झौतामा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात बंैकका सम्पुर्ण ग्राहकहरुले बैंकका ७१ वटै शाखाहरुबाट जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement