पंजाब नेशनल बैंकका कार्यकारी निर्देशकले गरे एभरेष्ट बैंकको शाखा उद्घाटन

Advertisement

काठमाडौंः एभरेष्ट बैंकले सीतापाइलामा नयाँ शाखाको सञ्चालनमा ल्याएको छ । पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक र एभरेष्ट बैंकका निर्देशक एल भि प्रभाकरले संयुक्तरुपमा सोमबार उद्घाटन गरे ।

कार्यक्रममा बंैकका संस्थापक निर्देशक अरुण शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठलगायतको उपस्थिति थियो । एभरेष्ट बैंकले आफ्नो ग्राहकसंख्या साढे नौ लाख भन्दा बढि रहेको जुन निजी बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो भनेको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखा ७ एक्सटेन्सन काउन्टर २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement