विश्वकपमा आज तीन खेल हुँदै, इंग्ल्याण्ड र बेल्जियमले जित्लान ?

world-cup

काठमाडौंः रुस विश्वकप २०१८ मा सोमबार छ टोलीबीच तीन खेल हुँदैछन् । छ टोलीले प्रतियोगितामा आफ्नो पहिलो खेलकारुपमा आज पहिलो खेल जित्ने अन्तिम लक्ष्यका साथ खेल्दैछन् ।

उपाधिका दाबेदारमध्यका दुई टोली इंग्ल्याण्ड र बेल्जियमले आफ्नो विश्वकप यात्रा आजदेखि सुरु गर्दैछन् । एसियाली टिम दक्षिण कोरियाले युरोपियन टोली स्वीडेनको सामना गर्ने छ ।

nic-asia

यस्तै, समुह ‘जी’का टोली बेल्जियमले पहिलो पटक विश्वकप आएको पानामा र उपाधिको दाबेदार इंग्ल्याण्डले ट्युनिसियासँग प्रतिस्पर्धा गर्दैछ । आजको पहिलो खेल कोरिया र स्वीडेनबीच ५ः ४५ देखि सुरु भइसकेको छ ।

बेल्जियम र पानामाको ८ः ४५ बजेदेखि सुरु हुनेछ भने इंग्ल्याण्ड र ट्युनिसियाबीचको खेल ११ः ४५ देखि सुरु हुनेछ । विश्वकपका उपाधि दाबेदार मानिएका अन्य टोलीले पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेका बेला बेल्जिय र इंग्ल्याण्डको खेलको प्रतिक्षा अधिकांसले गरेका छन् ।

साथै, एसियाली टिम इरानले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरिसकेको अवस्थामा कोरियाले स्वीडेनलाई पराजित गरेर अगाडी बढ्न कठिन हुनेछ । उत्कृष्ट लयमा रहेका अन्य टोलीको प्रदर्शनलाई नियाल्दा यंग्ल्याण्ड र बेल्जियमलाई पनि जित निकाल्न कठिन हुने सम्भावना धेरै छ ।