युनाइटेड इन्स्योरेन्सको कामु सिइओमा रमेश भट्टराई नियुक्त

Advertisement

काठमाडौंः यूनाइटेड इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेश भट्टराई नियुक्त भएका छन् । असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले नायव महाप्रबन्धक भट्टराईलाई कामु सीइओको जिम्मेवारी दिएको हो ।

कम्पनीले सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एमबिए अध्ययन पूरा गरेका उनले यूनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्समा करिब १९ वर्ष काम गरेको अनुभव संगालेका छन् ।

Advertisement

Advertisement

Advertisement