वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

Advertisement

काठमाडौँः पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार अपरान्ह निधन भएको छ । थप उपचार हुन नसक्ने भएपछि अस्पतालमै बिश्राम गर्दै आएका उनको सोमबार अपरान्ह ५ बजेर ३४ मिनेटमा निधन भएको हो ।

पित्तथैली र पित्तनली वरिपरिको भागमा भएको क्यान्सर उपचारका लागि डा. देवकोटा बेलायत पुगेर त्यहाँको लण्डनस्थित किङ्ग्स कलेज अस्पतालमा भर्ना भए पनि त्यसको शल्यक्रिया हुन नसक्ने उक्त अस्पतालले बताएपछि उनी नेपालमै फर्किएर बाँसबारीस्थित न्यूरो अस्पतालमा सामान्य उपचार गराउँदै आएका थिए ।

पित्तथैलीको शल्यक्रिया गरेर उपचार सम्भव नभएपछि देवकोटाले नेपालमै फर्किएर बाँकी जीवन जीउने इच्छा गरेका थिए । जीवनको अन्तिम समयमा आफ्नै जन्मस्थल पुग्ने र नजिकैको पँधेराको पानी खाने इच्छा गरेपनि देउवकोटालाई केही दिनअघि गोरर्खा पुर्याइएको थियो ।

नेपालमै रहँदा जन्डिसको लक्षण देखिएपछि उनले यहीँ स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणमा क्यान्सर पाइएपछि उनी श्रीमतीसहित लन्डन गएका थिए ।

Advertisement

Advertisement

Advertisement