पानामालाई ३-० ले हराउँदै बेल्जियमको आशालाग्दो सुरुवात

Advertisement

काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा बेल्जियमले पानामालाई ३-० ले हराएको छ । समूह जी अन्तर्गत भएको खेलमा बेल्जियमको पल्ला भारी भएको हो ।

म्यानचेस्टर युनाइटेडका लागि खेल्दै आएका बेल्जियमका रोमेलु लुकाकुले २ गोल गरे भने डिरेस मेर्टेन्सले एक गोल गरे । पहिलो हाफमा कुनै गोल नगरेका दुवै समूहले दोस्रो हातको २ मिनेटमै मेर्केन्सले खाता खोलेका थिए ।

बेल्जियमको खेलमा धेरै परिपक्वता देखिन्थ्यो भने पानामाका खेलाडीहरु बढी हतासमा रहेको अनुभूति हुन्थ्यो । जसका कारण पानाका खेलाडीहरुले धेरै प्रयासहरु खेर फालेका थिए । यही समूहमा रहेका इङ्ल्यान्ड र ट्युनिशिया आजै राति हुने खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

Advertisement

Advertisement

Advertisement