प्रधानमन्त्रीको चीन भ्रमण आजबाट, रेलदेखि लगानीका महत्वपूर्ण सम्झौताको तयारी

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीको चीनको पाँच दिने औपचारिक भ्रमण आज मंगलबारबाट सुरु हुँदैछ । प्रधानमन्त्रीको रुपमा ओलीको यो दोस्रो भ्रमण हो ।

अघिल्लो कार्यकालमा भारतको अघोषित नाकाबन्दीका कारण चीनसँग व्यापार तथा पारवहन सम्वन्ध बढाउन महत्वपूर्ण सम्झौता गरेका ओलीले यस पटकको भ्रमणमा ती सम्झौताहरु मुर्त रुप दिँदै रेलसेवा सञ्चालन, थप नाकाहरुको सञ्चालन, ठूला आयोजनाहरुमा लगानीका लागि सम्झौता गर्ने भित्री तयारीमा छन् ।

ओलीका सहयोगी एवं परराष्ट्र मामिलासम्वन्धी जानकार राजन भट्टराईले यस पटकको प्रधानमन्त्रीको चीन भ्रमणमा रेलदेखि तेल सम्झौता हुने बताउँदै आएका छन् । पाँच दिने यस भ्रमणमा कैयौ ठूला सम्झौताहरुमा हस्ताक्षर गर्न सक्ने अमर उजालाको अनलाइन संस्करणले पनि जनाएको छ ।

निकै चर्चा र आकर्षणको विषय बन्दै आएको केरुङ देखि काठमाडौ जोड्ने रेल लाइनको निर्माणबारे चीनसँग सम्झौता हुँदैछ भने उर्जा क्षेत्रमा पनि चीनको ठूलो लगानीको अनुमान गरिएको छ । यस भ्रमणमा ओलीले १० वटा भन्दा बढि महत्वपूर्ण सम्झौताहरु गर्ने बताइएको छ ।

भारतसँग सम्वन्ध बिग्रिन नदिने तर चीनसँग विशेष सम्वन्ध विस्तारमा लागेका ओली चीनसँग राजनीतिक तथा दुवै सम्वन्ध विस्तारमा लागेको देखिन्छ । नेपालमा बढ्दो भारतीय प्रभाव एवं परनिर्भरता कम गर्न पनि रणनीतिकरुपमा उनी चीनसँग नजिकिँदै यातायाता तथा पारवहन सम्वन्ध विस्तारमा लागेको देखिन्छ ।

नेपालमा भारतीय प्रभाव हावी भएको देख्न नचाहने चीन पछिल्लो समयमा उसले रणनीतिकरुपमा सहयोग बढाउँदै लगेको छ । नेपालमा कम्युनिष्ट सरकार बनेकाले पनि उसलाई त्यो खालको सम्वन्ध कायम गर्न सहज भएको बिज्ञहरु बताउँछन् ।

चीनले रेलमार्गदेखि अन्य विकास परियोजनामा सघाउने घोषणा गरेसँगै भारतले पनि सहयोगका क्षेत्रलाई फराकिलो बनाउन पछिल्लो समयमा बाध्य भएको छ । यद्यपि नेपालमा हरेक क्षेत्रमा भारतीय प्रभाव रहेकाले चीनसँग हुने संभावित सम्झौताका बारेमा ओलीले बाहिर ल्याएका छैनन् ।

आफ्ना चार पावरफुल मन्त्री बोकेर चीन जान लागेका ओली तिब्बतको पनि भ्रमण गर्ने र विकास परियोजनाहरुको पनि अवलोकन गर्ने योजनामा छन् । ओलीको तिब्बत भ्रमण अर्थपूर्ण देखिन्छ । यसअघि प्रधानमन्त्रीबाट राजीतामा दिएपछि पनि ओली रणनीतिक हिसावले तिब्बतको भ्रमण गरेका थिए ।

Advertisement

Advertisement

Advertisement