अनलाइन प्रणालीबारे नेप्सेको नयाँ पत्राचारले स्टक ब्रोकरहरु अन्योलमा

Advertisement

काठमाडौंः धितोपत्र बजारमा सुरु भएको अनलाइन कारोवार प्रणाली धितोपत्र दलाल कम्पनीलाई नै बोझ बन्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधि पूर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो ।

हाल दुई करोड रुपियाँ चुक्ता पुँजी भएका ब्रोकरलाई नेप्सेले सोही अनुपातमा अनलाइन कारोवार प्रणालीका लागि लगानी गर्ने भन्दै गत बुधबार पत्राचार गरेको छ ।

नेप्सेले एक महिनामा चुक्ता पुँजी बरावरको लगानी गरी पूर्वाधार तयार गर्न भनेपछि धितोपत्र दालाल कम्पनी भने अन्योलनमा रहेको समाचार आजको कारोवार दैनिकमा प्रकाशित छ ।

Advertisement

Advertisement

Advertisement