ग्याप राखेर मात्र फिल्म खेल्छुः दयाहाङ राई

Advertisement

काठमाडौंः नेपाली फिल्म क्षेत्रका अभिनेता दयाहाङ राईले अब ग्याप राखेर मात्र फिल्म खेल्ने भएका छन् । आफुले खेलेका अधिकांस फिल्मबाट दर्शक दिक्क भएको भन्दै दयाहाङले ग्याप राखेर मात्र फिल्म खेल्ने बताएका हुन् ।

उनले सोमबार आयोजित ‘भैरे’ फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उक्त कुरा बताए । अहिले पनि उनले तीन वटा फिल्ममा साइन गरिसकेका छन् । आप्पा, नीरफुल र साइँली उनले साइन गरेका फिल्म भएपनि एक साथ प्रदर्शनमा नआउने उनले बताए ।

सुरुमा भैरेको नखेल्ने भनेपनि पछि खेल्ने निर्णय गरेको राईले बताए । आउँदो साउन ४ गते रिलिज हुने फिल्ममा दयाहाङ राई, वर्षा शिवाकोटी, सुरक्षा पन्त, बुद्धी तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

Advertisement

Advertisement

Advertisement