ख्यातीप्राप्त न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको अन्त्यष्टि तथा श्रद्धान्जलीका तस्विरहरु

Advertisement

काठमाडौंः आफ्नो पेशामा ख्याती कमाएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरिरमा मंगलबार दिनभर विभिन्न क्षेत्रका व्यक्तिहरुले श्रद्धान्जली अर्पण गरेका छन् ।

श्रद्धान्जलीपछि देवकोटाको दिउँसो पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा उनको अत्येष्टि गरियो । देवकोटाको पार्थिव शरीरलाई छोरीहरुले बोकेका थिए । सोमबार अपरान्ह निधन भएका देवकोटाको पार्थिव शरिरलाई मंगलबार बाँसबारीस्थित न्यूरो अस्पतालमा श्रद्धान्जलीका लागि राखिएको थियो ।

दिनभर नै उनलाई श्रद्धाञ्जली दिन आउनेहरुको भीड अस्पतालमा थियो । देवकोटाका आफन्तदेखि उपराष्ट्रपति, सभामुख, पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, दलका नेता तथा कार्यकर्ता, सेनापति, कलाकार, स्वास्थ्यकर्मी तथा अन्य शुभेच्छुकहरुले उनलाई श्रद्धान्जली दिएपछि अपरान्ह पशुपति आर्यघाटतर्फ अन्तिम दाहसंस्कारका लागि लगिएको छ ।

dr_uprendra_devkotaदेवकोटाका बाल्यकालका साथी एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि श्रद्धान्जली दिन पुगेका थिए । विद्यालयमा सँगै अध्ययन गरेका देवकोटा र भट्टराई अध्ययनमा सबैभन्दा अगाडि आउन प्रतिस्पर्धा हुने गथ्र्यो । दिवंगत देवकोटाको शीरमा ढाकाटोपी लगाइएको छ । परिवारका अनुसार देवकोटाकै इच्छाअनुसार उनलाई ढाकाटोपी, दौरासुरुवाल र कोट लगाइएको हो ।

जण्डिसको जस्तो समस्या देखिएपछि स्वास्थ्य परीक्षण गर्दा देवकोटाको पित्तथैलीमा क्यान्सर देखिएको थियो । नेपालमा उपचार संभव नहुने देखिएपछि गत मंसिर ५ गते उनी बेलायतको किङ्स अस्पतालमा भर्ना भएका थिए । गत वैशाख १५ गते बेलायतमा उपचार गर्दागर्दै रोग निको नहुने थाहा पाएपछि उनी स्वदेशमै देह त्याग गर्ने इच्छाअनुसार नेपाल फर्केका थिए ।

जीवनको उत्तरार्धमा देवकोटाले पुर्खयौली घर र घर नजिकैको पँधेराको पानी खान इच्छा देखाएपछि उनलाई गोरखा लगेर ल्याइएको थियो । गोरखाबाट फर्र्किएको ९ दिनपछि देवकोटाको निधन भएको हो।

dr_uprendra_devkota7विसं २०१० पुस ४ मा जन्मिएका देवकोटाले २०३० सालमा भारतबाट एमबीबीएस उत्तीर्ण गरी वीर अस्पतालमा सेवा सुरु गरेका थिए । उनले नै २०३८ सालमा वीर अस्पतालमा न्युरो सर्जरी वार्ड स्थापना गराउन पहल गरेका थिए ।

न्युरो सर्जरीमा एफआरसीएस गर्न २०४० सालमा बेलायत प्रस्थान गरेका देवकोटाले सो विषयमा दक्षता हासिल गर्दै २०४७ सालमा स्वदेश फर्किएका थिए । उनी २०५९ सालमा केही समयका लागि स्वास्थ्यमन्त्रीसमेत भएका थिए ।

केही समय शिक्षण अस्पताल महराजगन्जमा प्राध्यापन सेवासमेत गरेका देवकोटाले नेपालमा स्नायुसम्वन्धी उपचारलाई उचाईमा पुर्याउन ठूलो योगदान दिएका थिए । सरल, स्वाभिमानी र देशभक्त स्वाभावका उनले पैसा कमाउन विदेशमै पलायन हुने काम गरेनन् ।

स्वास्थ्य मन्त्री हुँदा उनले चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्नुका साथै स्वास्थ्य बिमाको अवधारणालाई बहसमा ल्याउने काम गरेका थिए । उनले २०६२ सालमा बाँसबारीस्थित न्युरो अस्पतालको स्थापना गरेका थिए ।

dr_uprendra_devkota



[caption id="attachment_79186" align="aligncenter" width="900"] [/caption]

Advertisement

Advertisement

Advertisement