सुन तस्करी छानविनको दायरामा व्यापारीदेखि कर्मचारीसम्म

Advertisement

काठमाडौंः अवैधरुपमा त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलो सुन प्रकरणको अनुसन्धानका क्रममा समितिले थप व्यक्तीहरुको लिष्ट तयार पारेको छ । सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तरीय अनुसन्धान समितिले व्यापारि र कर्मचारीको गरि थप व्यक्तीको लिष्ट तयार पारेको हो ।

बिहीवार असार मसान्तसम्मका लागि म्याद थप गरिएपछि थप व्यक्तीको नाम पत्ता लगाएको बताइएको छ । समितिले तयार पारेको लिष्टमा सुन व्यपारिदेखि सरकारी कर्मचारी समेत रहेको समितिले बताएको छ ।

समितिका अनुसार तस्करीमा संलग्न हुनेहरुमा सबैभन्दा बढी सुन खरिद गर्ने व्यापारीहरुसमेत रहेका छन् । संकास्पद व्यक्तीको निगरानी गरिरहेको समितिले बताएको छ । थप प्रमाण जुटेपछि उनीहरुलाई पक्राउ गरिने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement