आइएमई लाइफ इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल

Advertisement

काठमाडौंः आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपियाँ अंकित मूल्यमा ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीले सिभिल क्यापिटल मार्केटलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रवन्ध गर्नका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपियाँ रहेको र उक्त सेयर निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजी दुई अर्ब कायम हुनेछ । त्यसैगरी संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement