आयोजक रुस विश्वकपको दोस्रो चरणमा, इजिप्ट प्रतियोगिताबाट बाहिरियो

Advertisement

मस्कोः आयोजक रुस विश्वकप प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । रुसले साउदी अरब र इजिप्टलाई पराजित गर्दै समूहको दोस्रो चरणमा प्रवेश गरेको हो ।

आयोजकले साउदीलाई ५० ले र इजिप्टलाई ३१ गोल अन्तरले पराजित गरेको थियो । इजिप्टविरुद्धको खेलमा पहिलो हाफ बराबरीमा रोकिएको थियो भने दोस्रो हाफमा आत्मघाती गोलको उपहार रसियाले पाएको थियो ।

४७औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले आत्मघाती गोल गरेका थिए । ५९औं मिनेटमा रसियाका डेनिस चेरसिभले र ६२औं मिनेटमा ज्युभाले अर्को गोल गर्दै रसियालाई ३० को जित दिलाएका हुन् ।

इजिप्टका लागि भने मोहम्द सलाहले एक गोल फर्काए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । हारसँगै इजिप्ट प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएको छ ।

Advertisement

Advertisement

Advertisement