विश्वकप फुटबलले सिजी टिभीको बिक्री बढ्योः सिजी इलेक्ट्रोनिक्स

Advertisement

काठमाडौंः विश्वकप फुटबलको सुरुवातसँगै सिजीका विभिन्न टेलिभिजनहरुको बिक्री बढेको सिजी इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ । चौधरी समूहअन्तर्गतको यस कम्पनीले देशभर रहेका डिलरहरुको रिपोर्टका आधारमा सिजी टिभीको बिक्री बढेको जनाएको हो ।

बिस इन्चदेखि माथि विभिन्न साइजको टेलिभिजनहरु बिक्रीबितरण गर्दै आएको कम्पनीले विश्वकप फुटबलले गर्दा मानिसहरुको यस ब्राण्डप्रति चासो र माग बढेको जनाएको छ । यो टिभी रुचाउनुमा हालै राखिएका नयाँ स्किम, यसको आकर्षक एवं गुणस्तर रहेको कम्पनीको भनाई छ ।

यही विश्वकपलाई मध्यनजर गरि सिजीले हालै आफ्ना ग्राहकहरुलाई सिजीको टिभी खरिद गरेबापत ३० प्रतिशतसम्म नगद छुट, पक्का उपहारहरु र तिनै टिभी खरिद गर्ने ग्राहकहरुमध्येबाट प्रत्येक हप्ता एक जना बिजेतालाई सिजीका अकर्षक टिभीहरु प्रदान गरिनेछ ।

Advertisement

Advertisement

Advertisement