खानेपानी संस्थानमा २५ करोड घोटाला भएको दाबी

Advertisement

काठमाडौंः नेपाल खानेपानी संस्थानमा घोटाला भएको उजुरी परेपछि मन्त्रालयले छानबिन सुरु गरेको छ । पाइप खरिद प्रक्रियामा २५ करोडको घोटाला भएको उजुरी मन्त्रालयमा परेपछी छानबिन थालिएको हो ।

घोटाला छानबिनका लागी मन्त्रालयले छानबिन समिति गठन गरेको छ । समितिमा कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरहरु दिनेश अधिकारी र शेखर खनाल साथै लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र खानेपानी संस्थाका विष्णु सुब्बा रहेका छन् ।

समितिले सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउने निर्देशन पाएको छ ।

त्यसैगरी घोटालाको उजुरी अख्तियारमा पनि परेको छ । खानेपानी संस्थानका महानिर्देशक भुपेन्द्र प्रसादले पाइप खरिद गर्दा २५ करोड घोटाला गरेको भनी उजुरी परेको थियो ।

पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५–२५ करोड रुपियाँको टेन्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । १०–१० दिनको फरकमा टेण्डर निकालिएको र सार्वजनिक खरिद ऐनअन्तर्गत ग्लोबल टेण्डर नगरी दुवै फर्मलाई उक्त दुवै टेण्डर दिइएको आरोपमा उजुरी परेको हो ।

दुवै कम्पनीलाई ५० करोड रुपियाँको पाइप खरिद गर्ने टेण्डर दिइए पनि सुनौली भन्सारबाट १३ करोड र नेपालगञ्ज भन्सारबाट १२ करोड रुपियाँको पाइप मात्रै पास भएकोले २५ करोड रुपियाँको घोटाला भएको आशंका गरिएको छ ।

Advertisement

Advertisement

Advertisement