बुधवार नेप्सेमा एकल अंकको गिरावट, २७ करोडको कारोबार

Advertisement

काठमाडौंः घटबढको क्रम जारि रहेको बेला सेयर बजार नेप्सेमा बुधवार पनि गिरावट आएको छ । आज नेप्सेमा आठ दशमलव ३४ अंकको गिरावट आउँदै एक हजार २१७ दशमलव ८४ अंक कायम भएको छ ।

नेप्सेमा आज २७ करोड रुपियाँ बराबरका २५ लाख कित्ता सेयर किनबेच भए । आज व्यापार समूहबाहेक सबै समुहमा गिरावट आएको छ । सबैभन्दा बढी बीमा समूहमा ४० दशमलव ८८ अंकले, जलविद्युत समूहमा २० दशमलव ७१ अंकले र लघुवित्त समूहमा १० दशमलव ११ अंकले गिरावट आएको छ ।

यस्तै, वाणिज्य बैंक समूहको परिसुचक मापन गर्ने बैंकिङ समूहमा छ दशमलव ४१ अंकको गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement