जनरल इन्स्योरेन्सको कारोबार सुरु

Advertisement

काठमाडौंः जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो कारोबार शुभारम्भ गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कम्पनीको सेवा शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै कम्पनीका महाप्रबन्धक एसके तमोटले विमा व्यवसायलाई सर्वसाधारणको घरदैलोमा पुर्याउन कम्पनी स्थापना गर्नु परेको बताए । कम्पनीले छ महिना भित्र देशका विभिन्न भागमा ४५ वटा शाखा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना पनि अघि सारेको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब रहेको छ । एक सय ८२ जना संस्थापक सेयरधनी रहेको कम्पनीले विमा व्यवसायलाई स्वस्थ र प्रतिस्पर्धी बनाउँदै लैजाने प्रतिवद्धता पनि जनाएको छ ।

Advertisement

Advertisement

Advertisement