प्रुडेन्सियलले वितरण गर्यो तराईमा खाद्यान्न र झुल

Advertisement

काठमाडौंः प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औँ वार्षिकोत्सवमा तराइका विपन्न परिवारहरुलाई खाद्यान्न तथा झूल वितरण गरेको छ । कम्पनीले पर्साको बगही, कास्कीको पैंटे डाँडा र कैलालीको गोदावरीमा आर्थिक रुपले विपन्न परिवारहरुलाई झूल तथा खाध्यान्न वितरण गरेको हो ।

तराईमा गर्मी याममा लामखुट्टेको टोकाईबाट मलेरिया लगायतका रोगहरुको प्रकोप बढ्ने र खास गरी विपन्न परिवारहरु यस्ता रोगबाट बढी पीडित हुने गरेकाले राहतस्वरुप झूल वितरण गरेको कम्पनीका सचिव आनन्द खड्काले जानकारी दिए ।

कम्पनीले नेपालभर रहेका ४२ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा तथा लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म १२ अर्ब ८० करोड रुपियाँ बिमा शुल्क संकलन गरिसकेको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement