अर्जेन्टिनालाई जोगाउने, फ्यानहरुलाई जगाउने मेस्सीको आज महत्वपूर्ण अवसर

Advertisement

एजेन्सीः यसअघि आइसल्यान्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना आज क्रोयसियाको सामना गर्दैछ । आइसल्याण्डसँगको खेलमा पाएको पेनाल्टीको महत्वपूर्ण अवसरलाई सदुपयोग गर्न नसकेका चर्चित फुटबलर लियोनेल मेस्सीसामु आफूलाई सावित गर्ने मौका मिल्नेछ ।

आइसल्याण्डसँगको खेलमा मेस्सीले प्रहार गरेको पेनाल्टी गोल हुन नसकेपछि अर्जेन्टिना एक एक गोलको बराबरीमा सीमित हुँदै अंक बाढ्न सफल भएको थियो । आज पनि बराबरीमा सीमित भए अर्जेन्टिनाको यस पटकको विश्वकप यात्रा संकटमा पर्नेछ ।

अर्का चर्चित फुटबलर पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पहिलो खेलमै तीन गोल गरेर आफ्ना फ्यानहरुलाई सन्तुष्ट बनाए । यता पाएको पेनाल्टीको अवसर गुमाएपछि मेस्सीका फ्यानहरु उनीप्रति बनेका छ । त्यो निराशालाई आशामा बदल्ने आज मेस्सीको आज महत्वपूर्ण अवसर हो ।

रसिया विश्वकप फुटबलको समुह डी को खेलमा आज अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान मेसीसामु सच्चिएर आफूलाई सावित गर्ने मौकाको रुपमा खेल विश्लेषकहरुले लिएका छन् । आफ्नो पहिलो खेलमा नाइजेरियालाई दुई शुन्यले हराएको क्रोयसियालाई पराजित गर्न त्यति सहज छैन ।

क्रोएसियाको रणनीति मेसीलाई घेराबन्दी गरेर अवसर नदिने र निराश हुनसक्ने छ । क्लवहरुको खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि विश्वकप फुटबलमा राम्रो प्रदर्शन गर्न नसकेको यसअघि कै विश्वकपदेखि आरोप खेप्दै खाएका मेस्सीलाई क्रोयसियासँगको आजको खेल परीक्षा बन्ने छ ।

Advertisement

Advertisement

Advertisement