नेतृत्व परिवर्तनका लागि काँग्रेसभित्र आवाज चर्किएपछि देउवा भन्छन- अन्तरघातीहरुलाई कारवाही गर्छु

sher_bahadur_hetauda_vela

काठमाडौंः सरकार र पार्टीको मोर्चाका हरके कदममा असफल बन्दै आएका काँग्रेस सभापति शेरबहादुर देउवाप्रति सो पार्टीका नेतादेखि कार्यकर्ताहरुको असन्तोष बढिरहेको बेला देउवाले भनेर उनीहरुलाई अन्तरघातीको संज्ञा दिँदै दमन गर्ने रणनीति अपनाएका छन् ।

आफ्नाविरुद्ध मोर्चाबन्दीमा उत्रिएका काँग्रेस नेता कार्यकर्तालाई पार्टी सभापति देउवाले हेटौँडामा जारी जिल्ला सभापतिहरूको चौथो राष्ट्रिय भेलामा बोल्नै नदिएको बताएका छन् । सबल काँग्रेसका लागि अहिले नेतृत्व परिवर्तन हुनै पर्ने काँग्रेसका विशेषगरी युवा नेताहरुले चर्को आवाज उठाएपछि देउवाले त्यसलाई निस्तेज पार्न अन्तरघातको अस्त्र अघि सारेको काँग्रेस कार्यकर्ताहरुको भनाई छ ।

nic-asia

पार्टी सुधारको पक्षमा लागेका नेताहरूलाई हेटौंडाको भेलामा बोल्नै प्रतिबन्ध लगाएपछि काँग्रेसभित्र बिग्रह बढ्दै जाने संकेत देखिएको छ । देउवाले भने यसअघिका विभिन्न चुनावमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गर्ने अन्तरघातीहरुलाई कारवाही गरेरै छाड्ने भन्दै हरेक मञ्चमा बोल्दै आएको छ ।

यसरी बोल्नुको पछाडि आफूविरुद्ध बढ्दै गएको असन्तोषलाई रोक्ने अस्त्रको रुपमा देउवाले नयाँ रणनीति अपनाएको काँग्रेसका नेता कार्यकर्ताहरुको विश्लेषण छ । काँग्रेस नेता चीनकाजी श्रेष्ठका अनुसार हेटौंडाको भेलाले काँग्रेस एक हुने भन्दा पनि थप कमजोर हुने हो कि ? भन्ने संकेत देखिएको छ ।

देउवाले आफ्ना आलोचकहरुलाई बोल्नै नदिन थालेपछि उत्साहका साथ भेला भएका जिल्ला सभापतिहरु निराश बन्न थालेका छन् । स्थानीयदेखि केन्द्रको चुनावसम्म पार्टीले लज्जास्पद हार व्यहोर्नुको मुख्य कारण देउवाको गलत र अलोकप्रिय कार्यशैली मुख्य कारण रहेको भन्दै सभापतिहरुले देउवासँग पार्टीदेखि सरकार सञ्चालन गर्ने रणनीति र दूरदर्शी सोच नै नरहेको बताउँछन् ।

देउवा अझै नेतृत्वमा रहे काँग्रेस अझै कमजोर हुने देखिएपछि सो पार्टीका युवा नेताहरुले नेतृत्व परिवर्तनको विकल्प नरहेको बताउँदै आएका छन् । हेटौंडा भेलामा सभापतिहरुले नेतृत्व परिवर्तनका लागि ढिलाई गर्न नहुने भन्दै तत्काल महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने आवाज उठाएका छन् ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भने भेलाले पार्टी कमजोर नभइहाल्ने तर्क गर्छन । उनले भेलाले पार्टीलाई बलियो बनाउन सहयोग गर्ने भन्दै राम्रा सुझावहरु आएका बेताएका छन् । तर, भेलाको परिदृश्य हेर्दा त्यस्तो देखिन्न । काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुमा नेतृत्वप्रति अविश्वास र असन्तोष चुलिँदै गएको छ भने यही नेतृत्व अझै कायम रहे पार्टी अझै कमजोर हुने उनीहरुको विश्लेषण छ ।

गएको महाधिवेशनमा देउवालाई सहयोग गरेकाहरु पनि यतिबेला गलत गरिएको महशुस गर्न थालेका छन् । उनीहरुले सभापति देउवाले पार्टीलाई एक बनाउने भन्दै पनि गुटको इशारामा काम गर्ने, जनभावना र पछिलाई हेरेर निर्णय नगर्ने, पार्टीलाई कमजोर र अलोचित बनाउने निर्णय र कामहरु गर्ने गरेको बताउँछन् ।

आलोचना बढ्दै गएपछि देउवाले भेलामा बोल्नसमेत नदिएको धेरै सभापतिहरुको गुनासो छ । भेलामा केन्द्रीय सदस्य र सभापतिहरुसहित झण्डै तीनसय सहभागी छन् । भेलामा आएका देउवाले आफ्नो कमजोरी स्वीकार गरेर त्यसको नैतिक जिम्मेवारी लिने आशा गरेका काँग्रेसीजनहरु देउवाले कमजोरी स्वीकार गर्ने भन्दै आफ्नो बचाउ गर्ने काममा लागेपछि बढि आक्रोसित भएका हुन ।

देउवाले गत निर्वाचनमा पार्टीले बेहोरेको हारलाई काँग्रेसले एउटा लडाइँ हारे पनि मैदान नहारेको तर्क गर्दै संविधान हेर्दा पार्टी हेर्न नभ्याएको हाँस्यास्पद तर्क गरेका थिए । तत्कालिन एमाले र माओवादी केन्द्र पनि संविधान निर्माण प्रक्रियामा हुँदाहुँदै पार्टी हेर्न भ्याउने, देउवाले नभ्याउने भन्ने हुँदैन भन्दै काँग्रेस कार्यकर्ताहरुले देउवाको तर्कलाई हावादारीको संज्ञा दिएका छन् ।

भेला उदघाटनमा आफ्नो चर्को आलोचना हुने भएपछि देउवाले आफूबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै बोल्न दिन लगाएका थिए । तर पछि एकाएक देउवा समूहका विमलेन्द्र निधि र विजय गच्छदारको नाम पनि बोल्नेमा थपियो । आफूहरुलाई बोल्न नदिएपछि प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्जुननरसिंह केसीलगायतका नेताहरू भेलाको दोस्रो दिन मञ्चमा नबसेर कार्यकर्ताको दिर्घामा बसेका थिए । देउवाको रवैया ठिक नभएको भन्दै कतिपय जिल्ला सभापतिहरुले भेला छाडेरै गएका छन् भने कतिपय भेलमै बसेर संघर्ष गर्दैछन् ।