साताको अन्तिम दिन नेप्से स्थिर, कारोबार १९ करोड मात्र

Advertisement

काठमाडौंः सातामा घटबढ भइरहेको सेयर बजार नेप्से अन्तिम दिन आज विहीवार भने स्थिरता कायम भएको छ । आज नेप्सेमा शुन्य दशमलव ६२ अंकले वृद्धि हुँदै एक हजार २१८ दशमलव ४६ अंक कायम भएको छ ।

नेप्से परिसुचक स्थिर रहेपनि कारोबार भने खुम्चिएर १९ करोड रुपियाँ बराबरका छ लाख कित्ता सेयर किनबेच भए । हिजो बुधवार भने २७ करोड रुपियाँ बराबरको कारोबार भएको थियो ।

विहीवार होटल, विकास बैंक, व्यापार, उत्पादन र लघुवित्त समूहमा गिरावट आएको छ । यस्तै वाणिज्य बैंक, जलविद्युत, फाइनान्स, बीमा र अन्य समूहमा भने वृद्धि भएको छ ।

सबैभन्दा बढी होटल समूहमा ६४ दशमलव ९७ अंकले र लघुवित्त समूहमा छ दशमलव ५५ अंकले गिरावट आएको छ । साथै, बीमा समूहमा सात दशमलव ३८ अंकले र अन्य समूहमा सात दशमलव २६ अंकले वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement