बलिउड अभिनेता रणवीर र दीपिका पादुकोणको विहे नोभेम्बरमा

Advertisement

काठमाडौंः बलिउडका चर्चित सेलिब्रेटी अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोणले विवाह गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमबा अनुसार उनीहरुको विवाह हुने निश्चित भइसकेको हो ।

भारतीय मिडियाका अनुसार उनीहरु दुईको विवाह आगामी नोभेम्बरमा हुने भएको छ । बलिउडमा पछिल्लो सातादेखि उक्त विषय चर्चाको कारण बन्दै आएको छ । तर रणवीर र दीपिकाले भने अहिलेसम्म केही बताएका छैनन् ।

अबको केही दिन भित्रै उनीहरुको इन्गेजमेन्ट हुने बताइएको छ । यी दुईले हालसम्म पद्यावत, रामलीला, बाजिराओ मस्तानी जस्ता हिट फिल्ममा एकसाथ काम गरिसका छन् ।

Advertisement

Advertisement

Advertisement