सिप्रदी ट्रेडिङले मनायो अन्तर्राष्टिय योग दिवस

Advertisement

काठमाडौंः सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोर्टसले संयुक्तरुपमा प्रमुख शहरहरुमा अन्तर्राष्ट्रिय योग दिवस मनायो । सिप्रदीको अगुवाइमा आयोजना गरिएको यस कार्यक्रमलाई सिप्रदीयन सहायता संस्था तथा टाटा मोटर्सले सहयोग गरेको हो ।

संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त यस योग दिवसलाई आजैका दिन संसारभरी मनाइन्छ । सिप्रदीले पनि हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।

आजको कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले भने, ‘विगत दुई वर्षदेखि सिप्रदीले आफ्नो कर्पाेरेट सामाजिक दायित्व बहन गर्ने संस्था सिप्रदीयन सहायता संस्थासँग मिलेर अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।’

उनले योगा भनेको खाली ब्यायाम गर्नु मात्र होइन, आफ्नो भित्री पहिचान खोज्ने तरिका र प्रकृति तथा विश्वलाई चिन्ने अवसर पनि हो भन्दै यसले मानिसलाई स्वस्थ तथा समृद्घ बनाउनुको साथै हरेक दिन आनन्द र वर्तमानमा रहन सिकाउँछ भने ।

Advertisement

Advertisement

Advertisement