एनआईसी एसियाकोे नयाँ शाखारहित सेवा लखन्तरीमा

Advertisement

nicकाठमाडौंः एनआईसी एसिया बैंकले मोरङको ग्रामथान गाउँपालिकाको लखन्तरीमा एघारौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकिङ्ग सेवाको समुद्घाटन ग्रामथान गाउँपालिकाको उपाध्यक्ष श्रीमती फुलकुमारी चौधरीले गरिन् । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत सेवा लिन सक्नेछन् ।

साथै, सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

एनआइसीको हाल देशभर दुर्य सय २४ शाखा कार्यालयहरु, दुई सय १७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement