चीनबाट मध्यम गतिको विद्युतीय कार्गो रेल आउने

Kp-oli-and-his-counterparts-chinese

काठमाडौंः चीनको सिगात्सेबाट केरुङ हुँदै काठमाडौंसम्म आउने भनिएको रेल मध्यम गतिको विद्युतीय कार्गो रेल हुने सरकारले जनाएको छ । उच्च गतिको रेल यहाँको भौगोलिक अवस्थाअनुसार जोखिमपूर्ण हुनसक्ने भएकाले मध्यम गतिको रेलका लागि सम्झौता भएको रेल विभागले जनाएको छ ।

विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायाको स्रोत उल्लेख गर्दै विभिन्न सञ्चार माध्यमले जनाएअनुसार चीनसँग भएको रेल सम्झौताअनुसार नेपालसँग जोडिने चिनियाँ रेल मध्यम गतिको हुनेछ ।

nic-asia

प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणका क्रममा भएको सम्झौताअनुसार नेपालको भौगोलिक अवस्थाले पनि तीव्र गतिको रेल आउन नसक्ने र यात्रुभन्दा कार्गो रेलको बढी आवश्यकता भएकोले विद्युतीय कार्गो रेल ल्याउने सहमति भएको हो ।

चीनमा उच्च गतिमा प्रतिघण्टा तीन सय किमिसम्म दौडने प्यासेन्जर डेडिकेटेड रेल र त्यसभन्दा कम गतिमा दौडले यात्रु तथा कार्गो रेल छन् । भूकम्पीय जोखिम र भूबनोटको अवस्थाका कारण तीब्र गतिको रेल नेपालमा लागि त्यति उपयुक्त नहुनसक्ने विश्लेषण गरिएको छ ।

नेपालसम्म आउने रेल कार्गो भनिए पनि यसले यात्रु पनि बोक्ने छ । यो रेल प्रतिघण्टा एक सय किमिसम्म दौडन सक्ने जनाइएको छ ।
आगामी सात वर्षमा केरुङ–काठमाडौं रेलमार्गमा जोडिनेछ।

नेपालले चीनसँग रेलमार्ग अनुदानमा बनाइदिन प्रस्ताव गरेको भए पनि यसको निर्माण मोडालिटी भने तय भएको छैन । रेल विभागका अनुसार यसअघि नै चीन पूर्णअनुदानमा परियोजना बनाइदिन असहमत भइसकेको छ । नेपालीको पनि केही प्रतिशत लगानी हुनुपर्छ भन्ने धारणा चिनियाँले यसअघि नै राखिसकेको रेल विभागका प्रवक्ता उपाध्यायले बताएका छन्।

सिगात्सेसम्म आइपुगेको चिनियाँ रेल सन् २०२० सम्ममा चीनले नै केरुङसम्म विस्तार गर्दै छ। सोही रेल केरुङबाट रसुवाढी हुँदै करिब १०० किमिको रेलमार्गबाट काठमाडौं जोड्ने तयारी स्वरूप नेपाली पक्षले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको हो।