प्रुडेन्सियल इन्स्योरेन्सको ४२औं शाखा बानेश्वरमा

Advertisement

काठमाडौंः पु्रडेन्सियल इन्स्योरेन्सले आफ्नो नयाँ शाखा काठमाडौंको बानेश्वरमा खोलेको छ । कम्पनीले बानेश्वरमा आफ्नो ४२औं शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाको उद्घाटन यही असार शुक्रवार कम्पनीका नायब महाप्रवन्धक तुल्सी नारायण मानन्धरले गरेका हुन् । पु्रडेन्सियल इन्स्योरेन्सले नेपालभर रहेका ४२ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नीबीमा, सामुन्द्रिकबीमा, स्वास्थ्यबीमा, बाली तथा पशु बीमा र लघु बीमाको सेवाप्रदान गर्दै आइरहेको छ ।

कम्पनीले हालसम्म एक सय २८ करोड बीमा शुल्क संकलन गरिसकेको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement