सेञ्चुरी बैंकले गर्यो विद्यालयलाई कम्प्युटर हस्तान्तरण

Advertisement

काठमाडौंः सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई थान कम्प्युटर तथा अन्य सामाग्रीहरु बूढानीलकण्ठ नगरपालिकाको श्री जनजागृति माध्यामिक विद्यालयलाई हस्तान्तरण गरेको छ ।

उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समिति अध्यक्ष त्रिलोचन पौड्याललाई हस्तान्तरण गरेका हुन् । कम्प्युटर हस्तान्तरण समारोहमा विद्यालय ब्यवस्थापन समितीका सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका तथा बैंकका बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो ।

Advertisement

Advertisement

Advertisement