एनआइसी एसियाले ल्यायो ‘भिसा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड’

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले ‘भिसा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको इकमर्सप्रतिको आकर्षणलाई ध्यानमा राख्दै यो सेवा सुरु गरेको जनाएको छ ।

नेपाल तथा भारतबाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने यस कार्डको प्रमुख विशेषताहरुमा अमेरिकी डलर ५०० देखि १५ हजारसम्मको कर्जा सिमा रहेको, निःशुल्क इकमर्स (अनलाइन पेमेन्ट)को सुविधा रहेको, कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न सकिने, १० प्रतिशत वा शत प्रतिशत भुक्तानीको व्यवस्था रहेको, अधिकतम ४५ दिनसम्म सर्भिस चार्ज फ्रि पेरियोड उपयोग गर्न सकिने रहेका छन् ।

Advertisement

Advertisement

Advertisement