इसेवामा एसइइको रिजष्ट एक मिनेटमै हेर्नसकिने

Advertisement

काठमाडौंः इसेवाले माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा एक मिनेटमै हर्न सकिने गरी आफूले सेवा दिने बताएको छ । कम्पनीले शनिबार विज्ञप्तिमार्फत छिटो र सजिलो तरिकाबाट इसेवामा रिजल्ट हर्न सकिने जनाएको छ । एसइइको रिजल्ट शनिबार अपरान्हसम्म हुने जनाइएको छ ।

परीक्षार्थीहरुले इसेवाको मोबाइल एप्स् र वेवसाइटमार्फत् देशभर रहेका इसेवाका जोन तथा पोइन्टबाट तुरुन्तै सजिलोसँग नतिजा हेर्न सक्ने छन् । परिक्षार्थीहरुलाई सहज तरिकाले नतिजा जानकारी गराउन यो सुविधा ल्याएको इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले बताए ।

परीक्षार्थीले इसेवाको मोबाइल एप्लिकेशनबाट रिजल्ट हेर्न सक्नेछन् । यस्तै http://results.esewa.com.np लगअन गरेर पनि रिजल्ट हेर्न सकिनेछ । इसेवाले पहिलोपटक एसइइको रिजल्ट हेर्न सकिने व्यवस्था गरको हो । मुलुकभर जुनकुनै ठाउँमा भएका विद्यार्थीले घरमै बसेर मोबाइलबाटै पनि रिजल्ट हेर्न सक्ने लामिछानेले बताए ।

उनले भने, ‘परिक्षार्थीहरूले इसेवामार्फत् सहजै नतिजा प्राप्त गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिएका हौँ । इसेवाका साथै हाम्रा मुलुकभर रहेका करिब ३५ हजार जोन तथा पोइन्टबाट पनि सहजै रिजल्ट थाहा पाउन सकिन्छ ।’

इसेवा नेपालको पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुईसय भन्दा बढी सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । यसमा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

हालसम प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले आफूबाट सेवा लिइरहेको भन्दै कम्पनीले इसेवाको देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement