सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा उद्यमी सञ्जय खेतान पक्राउ

gold_smugling_nepal

काठमाडौंः साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा एकपछि अर्को पक्राउ पर्ने क्रममा उद्यमी सञ्जय खेतान पनि पक्राउ परेका छन् ।

उक्त प्रकरणबारे छानविन गर्न गृहमन्त्रालयले बनाएको समितिले खेतानलार्इ पक्राउ गरेको हो । सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेकाहरूले खेतानको नाम पोलेपछि उनी पक्राउ परेका हुन ।

nic-asia

यसअघि पक्राउ परेका हुण्डी कारोबार एवं सुन तस्करीमा संलग्न विमल पोद्दार समुहका सदस्यका रूपमा सुन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ गरी उनलाई हिरासतमा लिइएको हो ।

अनुसन्धानबाट खेतानको संलग्नता हाल जेलमा रहेका डेविट उपनामका वाङ्गेल घलेसँग रहेको देखिएको समितिले जनाएको छ ।
उनी पोद्दारका व्यापारिक साझेदार पनि रहेको जनाइएको छ ।