एसईईको नजिता सार्वजनिक, पहिलो ग्रेड जिपिए ल्याउने १४ हजार २३४

rastriya_parixya_board

भक्तपुरः परीक्षा बोर्डले शनिबार ढिलो गरी माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ)को नतिजा सार्वजनिक भएको छ । बोर्डको बैठक बसेपछि पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिएको हो ।

गत चैत आठ गतेदेखि सञ्चालन भएको एसर्इर्इ परीक्षामा दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए।

nic-asia

नतिजा अनुसार नियमिततर्फ पहिलो ग्रेड जिपिए ३.६५ देखि ४ सम्म ल्याउनेको संख्या १४ हजार २३४ छ । ३.२५ देखि ३.६० सम्म ल्याउने ४६ हजार एक सय ३० रहेका छन् । २.८५ देखि ३.२० ग्रेड ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ रहेको छ ।

२.४५ देखि २.८० सम्म ग्रेड ल्याउनेको संख्या ७० हजार ५१२ रहेको छ भने २.०५ देखि २.४० सम्म ग्रेड ल्याउनेको संख्या ६१ हजार ८७० रहेको छ ।

१.६५ देखि २ सम्म ग्रेड ल्याउने छात्रछात्राको संख्या भने एक लाख १० हजार ४३ रहेको छ । त्यस्तै, १.२५ देखि १.६० सम्म ग्रेड ल्याउनेको संख्या ३५ हजार ५८४ रहेको छ । अन्तिम ग्रेड ०.८५ ल्याउने विद्यार्थी भने छैनन्।

परीक्षा बोर्डले नियमित आंशिक, संस्कृत र प्राविधिकतर्फ सबैको नतिजा आजै सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएकामध्ये ३० जनाको रद्द भएको छ ।

एसईईको नजिता एसएमएस, आरभीआर र विभिन्न वेभसाइटमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकमको एसएमएस सेवा तथा आरभीआरतर्फ सोही कम्पनीको १६०० मा फोन गरी यसको नजिता थाहा पाउन सकिन्छ भने इसेवाको मोवाइल एप तथा वेभसाइट, शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको वेभसाइट doe.gov.np, परीक्षा नियन्त्रकको कार्यालय सानोठिमी भक्तपुरको वेभसाइट neb.gov.np, नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np, एनसेलको वेबसाइट ncell.axita.com, edusanjal.com,  edukhabar.com बाट पनि नतिजा हेर्न सकिन्छ।