अर्जेन्टिनी प्रशिक्षक अधिकार विहीन, टोलीको सम्पुर्ण जिम्मा मेस्सीलाई

Advertisement

मस्कोः विश्वकप प्रतियोगिताको पहिलो चरणबाट बाहिरिने सम्भावना उच्च भएको अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली अधिकार विहीन भएका छन् । सोमबार हुने नाइजेरियाविरुद्धको खेलमा खेलाडीले नै टोली छनौट गर्ने भएका हुन् ।

प्रशिक्षक बर्खास्तमा पर्ने खबर आएका बेला शनिवार खेलाडी र प्रशिक्षकबीच बसेको बैडकले समाधान निकालेको छ । अब प्रशिक्षक पुर्णरुपमा अधिकार विहीन हुनेछन् । नाइजेरिविरुद्ध हुने खेलमा उनी बेञ्चमा नभएपनि खासै असर नपर्ने बताइएको छ ।

उक्त बैडकपछि टोलीको टुंगो मेस्सीले लगाउने छन् । प्रतियोगितामा अर्जेन्टिनाले अब नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । यस्तै क्रोएसियाले आइसल्याण्डसँग खेल्दै छ ।

अर्जेन्टिनाले नाइजेरियलाई पराजित गरेर मात्र दोस्रो चरणमा पुग्न सम्भवन हुँदैन । क्रोएसियलाई आइसल्याण्डले पराजित गर्नुपर्छ ।

Advertisement

Advertisement

Advertisement