सिजी मोबाइल्सको दुई नयाँ मोडल आयो बजारमा, मूल्य रु. १२०० देखि रु. १५०० मात्रै

Advertisement

काठमाडौंः चौधरी समूहअन्तर्गतको मोवाइल बितरक कम्पनी सिजी मोवाइल्सले आफ्नो फिचर फोन विधामा दुई नयाँ मोडलहरु थप गरेको छ । सिजी मोबाइल्सको ओरियन सेरिजअन्तर्गत ओरियन १८१डब्ल्यु र ओरियन १४१ डब्ल्यु बजारमा ल्याइएको हो ।

यी फोनहरु धेरै फिचरका साथैं सस्तो मूल्यमा ल्याएइको जनाइएको छ । दुई मध्येसस्तो मानिएको ओरियन १८१डब्ल्युमा १.८ इन्चको स्क्रीन, डिजिटल क्यामरा, आठ जिबीसम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र एक हजार एमएएचको ब्याट्री रहेको छ ।

यसमा फोनमा वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता विशेषता रहेको भन्दै कम्पनीले यसको बजार मूल्य एक हजार १९९ तोकिएको जनाएको छ । त्यसैगरी, अर्को ओरियन १४१डब्ल्युमा २.४ इन्चको स्व्रmीन, डिजिटल क्यामरा, आठ जिबीसम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र एक हजार एमएएचको ब्याट्री रहेको छ ।

यस फोनमा पनि वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता विशेषता छ । यसको बजार मूल्य भने एक हजार ४९९ तोकिएको कम्पनीले जनाएको छ । विभिन्न कलरमा उपलब्ध यी फोनहरुमा सय दिनको सटही नीति पनि ल्याइएको छ । कम्पनीलाई अभैm बढी विश्वासिलो र भरपर्दाे बनाउन यस्तो नीति ल्याइएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement