पानामाविरुद्ध इङ्ल्याण्डको गोलको बर्षा

Advertisement

मस्कोः विश्वकप फुटबलअन्तर्गत आइतबार भएको खेलमा पानामालाई इङ्ल्याण्डले १ का विरुद्ध ६ गोल प्रहार गरेको छ । समूह चरणअन्तर्गत भएको दोस्रो खेलमा पनामाविरुद्ध इङ्ल्याण्डले गोलको वर्षा गरेको हो ।

पहिलो हाफमा शुन्यका विरुद्ध ५ गोल अन्तर बनाएको इङ्ल्यान्डले दोस्रो हालमा एक गोल खाँदै एक गोल थप्न सफल भएको हो । इङ्ल्यान्डका लागि ह्‍यारी केनले ह्‍याट्रिक गरे भने जोन स्टोनले दुई गोल गरे ।

खेलको आठौँ मिनेटबाट गोल गर्न सुरु गरेको इङ्गल्याण्डले २२ औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भएको थियो । दोस्रो हाफको ६२ औं मिनेटमा गोल गर्दै इङ्गल्याण्डले शुन्यका विरुद्ध ६ गतेले अग्रता लिएकोमा खेलको ७८ औं मिनेटमा पानामाका रिकार्डो गार्डियाले एक गोल फर्काउन सफल भएका थिए ।

Advertisement

Advertisement

Advertisement