माछापोखरीमा मुक्तिनाथ विकास बैंकको ७८औं शाखा

Advertisement

काठमाडौंः मुक्तिनाथ विकास बैंकले माछापोखरीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकलले आइतवारदेखि माछापोखरीमा शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र यस विकास बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले उक्त शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर कट्टेल (धुर्मुस) तथा (सुन्तली)ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मुक्तिनाथ विकास बैंकको हालसम्म ७८ वटा शाखाहरु औपचारिक रुपमा संचालनमा छन् भने काठमाडौंका महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आई सकेका छन् ।

Advertisement

Advertisement

Advertisement