कामना सेवाले १२ प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौंः कामना सेवा विकास बैंकको असार १८ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले जारी गर्न लागेको बोनस सेयर र लाभांशका लागि असार १८ गतेदेखि ३२ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

कामनाले पाँच दशमलव ५० प्रतिशत बोनस सेयर र छ दशमलव ५)० प्रतिशत नगद लाभांश गरी १२ प्रतिशत लाभांश जारी गर्दैछ । आइतवार बसेको बैंकको सञ्चालक समितिको बैठकबाट असार ३२ गते ११औं वार्षिक साधारण सभाको लागि बुक क्लाजे गर्न लागेको हो ।

बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । हाल दुई अर्ब ३७ करोड २१ लाख रुपियाँ चुक्ता पूँजी रहेको बैंकको बोनस सेयरपछि दुई अर्ब ५० करोड २६ लाख रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement