बैंकहरु छिनमैै ब्याज बढाउँदै, छिनमै घटाउँदै

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकको निर्देशनसँगै नेपाल बैंकर्स संघमा भद्र सहमति गरेर बैंकहरुले बढाइएको निक्षेपको ब्याजदर घटाउन थालेका ब्याजदरको विषयमा बैंकहरुबीच पटक पटक किचलो हुँदै आएकोमा अहिले फेरि सहमतिमा घटाउने काम भएको छ ।

बचतमा सात र मुद्दतीमा ११ प्रतिशत अधिकतम ब्याजदरु नबढाउने सहमतिमा चल्दै आएका बैंकहरु दुई साताअघि मात्रै संघले उक्त सहमति फुकुवा गरेपछि ब्याजदर बढाउन प्रतिस्पर्धा नै भएको थियो ।

ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भएपछि राष्ट्र बैंकले नै यसमा नियन्त्रण कायम गर्न निर्देशन दिएपछि संघले दुई साता अघि नै कायम रहेको ब्याजदर कायम गर्न सहमति गरेका छन् । यस पटक भने नयाँ भद्र सहमति तोडिएको समाचार अहिलेसम्म बाहिर आएको छैन ।

केही समयअघि एनआइसी एसिया बैंकले संघको सिण्डिकेट नमान्ने भन्दै एकाएक निक्षेपको ब्याजदर बढाएपछि बैंकिङ क्षेत्रमा खैलाबैला मच्चिएको थियो । सोही विषयमा एनआइसी एसिया बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल नैतिक संकटमा परेर राजीनामा दिएका थिए ।

पछिल्लो भद्र सहमतिपछि बैंकहरूले क्रमस ब्याज घटाउन थालेका छन् । यद्यपि उनीहरुले यसलाई चर्चाको विषय भने बनाएका छैनन् । निक्षेपको ब्याजदर बढाउन प्रचार गर्न प्रतिस्पर्धामा उत्रिने बैंकहरु अहिले आन्तरिकरुपमा सर्कुलेट गर्दै ब्याजदर घटाउन सक्रिय छन् ।

संघले नयाँ निर्णय गरेकै दिन शुक्रबारदेखि सानिमा बैंकले व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत लगानीमा साढे १० प्रतिशत, बचतमा ७ प्रतिशत ब्याज दिने निर्णय गरेको छ भने एनसीसी बैंकले पनि सोही मुद्दतीमा ११ र बचतमा ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

पछिल्लो समयमा अधिकांश बैंकहले ब्याजद बढाए पनि स्ट्यान्डर्ड चाटर्ड बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकले पूरानै कायम राखेका थिए । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार पछिल्लो समयमा तरलताको समस्या समाधान हुँदै गएकाले पनि ब्याजदरमा क्रमसः कमी आउन थालेको हो ।

निक्षेपको ब्याजदरमा कमी आएसँगै ऋणको ब्याजदरमा पनि कमी आउन बैंकहरुले जनाएका छन् । अबका दिनमा आर्थिक गतिविधि बढन थालेसँगै तरलताको ठूलो समस्या नआउने भएकाले ब्याजदर पनि सन्तुलन कायम हुने बैंकरहरुको विश्वास छ ।
राष्ट्र बैंकले भने बजारमा अहिले ४५ अर्ब रुपियाँ लगानी योग्य तरलता रहेकाले ब्याजदर बढाउन प्रतिस्पर्धा जरुरी नरहेको बताउँदै आएको छ । बैंकरहरुले भने तरलतामा केही सुधार आए पनि लगानीयोग्य पुँजी पर्याप्त नरहेको जिकिर गर्दै आएका छन् ।

बैंकले ब्याजदर घटाउन सुरु गरे पनि औसत आधारदर भने १०.९४ प्रतिशत छ रहेको छ । जबकी ब्याजदर करिडोर अन्तर्गत केन्द्रीय अन्तरबैंक ब्याजदर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले बजारमा पैसा पठाउने गर्दछ भने औसत आधारदर ३ प्रतिशतभन्दा कम भए बैंकबाट पैसा तान्ने गर्दछ ।

Advertisement

Advertisement

Advertisement