वायुसेवा निगमको वाइडबडी विमान ‘अन्नपूर्ण’ विहीवार नेपाल आइपुग्ने

Advertisement

काठमाडौंः नेपाल वायु सेवा निगमले ल्याउन लागेको एयरबस ३३० ‘अन्नपूर्ण’ असार १४ गते (विहीवार) नेपाल आइपुग्ने भएको छ । वाइडबडी विमान लिन निगमको टोली फ्रान्स गएकाले विहीवारसम्म अन्पूर्ण नेपाल आइपुग्ने भएको हो ।

निर्माण कार्य सम्पन्न भएपछि परिक्षण उडान गरिरहेको एयरबस लिनलाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको नेतृत्वमा टोली फ्रान्स उडेको हो । यस्तै गत साता नै निगमको एक प्राविधिक टोली गइसकेको जनाइएको छ ।

दुई वर्ष अगाडी अमेरिकी कम्पनी एएआरसँग निगमले २२ करोड डलरमा दुई वटा विमान भित्र्याउने सम्झौता गरेको थियो । २०७३ साल चैतमा भएको सम्झौता अनुसार पहिलो एयर बस लिन टोली फ्रान्स गएको हो ।

नेपाल ल्याइएपछि उक्त वाइडबडीको परिक्षण उडान सकेर जापान र दक्षिण कोरिया उडान गर्ने योजना रहेको छ । नेपाल ल्याउन लागिएको उक्त वाइडबडीको नाम निगमले अन्नपुर्ण दिएको छ ।

अप्रिलमै अन्नपूर्णलाई नेपाल ल्याउने योजना निगमको भएपनि ढिला गरि भित्रिन लागेको हो ।

Advertisement

Advertisement

Advertisement