महालक्ष्मी विकास बैंकको नयाँ शाखा नयाँ बानेश्वरमा

Advertisement

काठमाडौंः महालक्ष्मी विकास बैंकले आफ्नो ७२औं शाखा नयाँ बानेश्वरमा सञ्चालनमा ल्याएको छ । बैंकले आइतवारदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

हाल महालक्ष्मी बैंकको दुई अर्ब ६३ करोड रुपियाँ चुक्ता पूँजी रहेको छ । यस्तै बैंकले चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड रुपियाँ निक्षेप संकलन गरि २१ अर्ब ६४ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले देशभर ७२ शाखा, ३५ एटीएममार्फत सेवा दिँदै आएको छ । आफुसँग चार लाख ४० हजारभन्दा बढी ग्राहक संख्या रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement