बजेटको विषयलाई लिएर काँग्रेस र राजपाले गरे संसद अवरोध

Advertisement

धनगढीः प्रदेश नं. ७ को संसदमा बजेटको विषयलाई लिएर सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले बजेटको विरोध गरिरहेका बेला विपक्षी काँग्रेस र राष्ट्रिय जनता पार्टीले सोमबार संसद नै अवरोध गरेका छन् ।

काँग्रेस र राजपाले बजेट जनतामुखी नभएको र कार्यकर्ता पोस्ने ढंगले बजेट ल्याएको भन्दै प्रतिपक्षी दल काँग्रेस र राजपाले संसद अवरोध गरेका छन् ।

प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेकोमा सोमबारदेखि बजेटमाथि छलफल सुरु थियो । प्रदेश सरकारले २५ अर्ब रुपियाँभन्दा बढिको बजेट ल्याएकोमा बजेट विकासमुखी भन्दा कार्यकर्ता पोस्ने ढंगले बितरणमुखी बजेट ल्याएको विपक्षीको आरोप छ ।

सभामुख अर्जुनबहादुर थापाले बैठकको कार्य प्रारम्भ भएको सूचीत गर्ने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध गरेका थिए । विरोधमा उत्रिएका साँसदहरुलाई आफ्नो भनाई राख्न आग्रह गरेपछि काँग्रेसका रणबहादुर रावलले सरकारले ल्याएको बजेट कार्यकर्ता पोस्ने भएकाले संशोधनको माग गर्नुपर्ने माग गरे ।

उनले यसअघि ल्याएको अल्पकालिन बजेटको समेत दुरुपयोग भएको र अहिले पनि त्यही ढंगले बजेट ल्याइएको भन्दै बजेट संशोधन नभए विरोध जारी राख्ने बताए ।

Advertisement

Advertisement

Advertisement