घरेलु मैदानमा आयोजक रसियालाई उरुग्वेले ३–० ले हरायो

Advertisement

काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा आयोजक रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको छ ।

यसअघि दुई खेल जितेर अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका यी दुई टिमबीच भएको रोमाञ्चक खेलमा उरुग्वेले सहज जित हासिल गरेको हो । सामरा एरिनामा भएको समूह ए को खेलमा घरेलु दर्शकहरुको असार समर्थन हुँदाहुँदै पनि रसियामाथि उरुग्वेले हावी भएको हो ।

उरुग्वे ९ अंकसहित समूह विजेतका रुपमा विश्वपकको अन्तिम १६ मा पुगेको छ भने रसिया ६ अंकसहित उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । आजको खेलमा १० औँ मिनेटमै उरुग्वेका लुइस स्वारेजले पहिलो गोल गरेर अग्रता दिलाएका थिए भने २३ औँ मिनेटमा डेनिस चेरिसोभले उरुग्वेलाई आत्मघाती गोल उपहार दिएका थिए ।

खेलको ३६ औँ मिनेटमा रसियाका इगोर स्मोल्इकोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उ १० खेलाडीमा खेल्न बाध्य भएको थियो । दोस्रो हालको अन्तिममा उरुग्वेका एडिन्सन काभानीले अर्को गोल थपेर रसियालाई अझै पछि पार्न सफल भएको थियो ।

Advertisement

Advertisement

Advertisement