मेस्सीको आज अन्तिम परीक्षा

Advertisement

काठमाडौंः विश्वकप फुटबलका अघिल्ला दुई खेलहरुमा अपेक्षाअनुसारको खेल प्रस्तुत गर्न नसकेर आफ्ना करोडौं समर्थकहरुलाई निराश बनाएका अर्जेन्टिनी फुटबलरको लागि आजको खेलमा निकै महत्वपूर्ण र अन्तिम परीक्षा सावित हुँदैछ । अर्जेन्टिना आज नाइजेरियासँग खेल्दैछ ।

आजको खेलमा अर्जेन्टिनालाई जित्नैपर्ने बाध्यता छ भने मेसीको लागि यो खेल प्रतिष्ठाको विषय पनि बनेको छ । विश्वकप फुटबलको उपाधी पटक पटक हात पार्न सफल भएको अर्जेन्टिनाले यस पटकको खेलमा फितलो प्रदर्शन गर्न सो टिमका धेरै समर्थकहरुलाई नमज्जा लागेको छ । अर्जेन्टिनी टिमसँगै मेस्सीले आफूलाई प्रमाणित गर्ने समयको रुपमा आजको खेललाई हेरिएको छ ।

समूह चरणको पहिलो दुई खेल सोचेअनुसार हुन नसकेपछि अर्जेन्टिनाका कोचलाई निष्क्रिय बनाएर सम्पूर्ण अधिकार मेस्सीलाई दिइएको अवस्थाले पनि मेस्सीप्रति आशा र दायित्व बढेको हो । उनले आजको खेलमा के कस्तो रणनीति अपनाउने हुन ? त्यो हेर्न दर्शकहरु आतुर छन् ।

अर्जेन्टिनाको निराशजनक प्रदर्शन भुलाएर समूह चरण पार गराउन सके नकआउट चरणमा उसले लय लिने कतिपयको आशा देखिन्छ । राम्रो प्रदर्शन हुन नसकेकै कारण मेस्सीले गएको आइतबार आफ्नो जन्मदिन नमनाएका कारण उनी आजको खेलमा आफ्नो टिमलाई जित दिलाएर अघि नबढाइ नछोडने योजनामा छन् कि भन्ने देखिन्छ ।

अर्जेन्टिनामाथि विजयी नतिजा हात पारे नाइजेरिया अन्तिम १६ मा प्रवेश गर्नेछ । बराबरीको नतिजाले पनि नाईजेरियाका लागि अघिल्लो चरण प्रवेशको ढोका खोल्नेछ । सँगसँगै समुहकै अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई पराजित गर्नुपर्नेछ ।
आइसल्याण्डको पक्षमा नतिजा आएमा र अर्जेन्टिनाले नाइजेरियालाई हराएमा गोलअन्तरका आधारण समूह चरणको उजविजेता छनोट हुनेछ ।

Advertisement

Advertisement

Advertisement