बजेट बनाउने बेला ललितपुर महानगरपालिकाका जनप्रतिनिधि विदेशमा रमाउँदै, बजेट अलपत्र

Advertisement

ललितपुरः ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बजेट बनाउन छाडेर विदेश भ्रमणमा छन् । यसले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार महानगरपालिकाले असार १० भित्र पारित गरिसक्नुपर्ने आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सोमबार पनि गर्न सकेनन् ।

चैत १५ भित्र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा समिति, विषयगत शाखा तथा महाशाखामा पेस गर्नुपर्ने बजेट झण्डै तीन महिनापछि बुधबार मात्र पेश गरिएको थियो । यसले वडामा समयमै बजेट सिलिङ पठाउन नसक्दा जनताको घरदैलोमा पुगेर योजना संकलन गर्न सकेनन् ।

यसवर्ष वडास्तरीय योजना तर्जुमा गर्न कठिनाइ भएको छ । बजेट बनाउन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र शाखा प्रमुखहरुको मुख्य भुमिका रहन्छ । आजको कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement