आजको विश्वकपः कोहीलाई समूह विजेता बन्ने होड, कोहीलाई प्रतिष्ठाको लडाई

Advertisement

काठमाडौंः रुसमा जारी विश्वकप अन्तर्गत आज (मंगलवार) सूमह ‘सी’ र ‘डी’मा रहेका चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ । टोलीहरुले विश्वकपमा आफ्नो समूहको अन्तिम खेल खेल्न लागेका हुन् ।

अन्तिम १६ मा पुग्ने सम्भावना गुमाई सकेको पेरुविरुद्ध अष्ट्रेलियाले खेल्दैछ भने फ्रान्सले डेनमार्कको सामना गर्दैछ । समूहमा दुई जित हात पारेको फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै डेनमर्कसँग ४ अंक, अष्ट्रेलियासँग १ अंक र पेरु अंक विहिन छ ।

साथै, समूह डीमा रहेका अर्जेन्टिनाले नाइजेरियाको सामना गर्दैछ भने क्रोएसियाले आइसल्याण्डको सामना गर्दै छ । अर्जेन्टिना, नाइजेरिया, डेनमार्क लगायतका देशका लागी अन्तिम १६ मा प्रवेश पाउन आजको खेल जित्नै पर्ने हुन्छ ।

समूहमा अर्जेन्टिनाको १ अंक, नाइजेरियाको ३ अंक, क्रोएसियाको ६ अंक र आइसल्याण्डको १ अंक रहेको छ । तर, मेस्सीको अर्जेन्टिनालाई जितले मात्र पुग्दैन ।

क्रोएसियासँग आइसल्याण्डले हार ब्यहोर्नुपर्छ । यसअघि भएका खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग ११ को बराबरी तथा क्रोएसियासँग ३० को हार ब्यहोरेको थियो ।

Advertisement

Advertisement

Advertisement