सनसनीपूर्ण प्रतिस्पर्धाबीच अर्जेन्टिना कष्टपूर्ण ढंगले अन्तिम १६ मा प्रवेश

Advertisement

काठमाडौंः विश्वकप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कष्टपूर्ण ढंगले अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २१ ले हराउँदै समूहको उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

सँगै भएको अर्को खेलमा क्रोयसियाले आइसल्याण्डलाई २१ ले नै पराजित गरेकाले अर्जेन्टिनालाई अघि बढन सहज भएको हो । आइसल्याण्डले क्रोयसियामाथि जित हासिल गरेको भए गोल संख्याका आधारमा अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गर्नबाट बन्चित हुने अवस्था आउँथ्यो ।

चर्चित फुटबलर लियोनेल मेसीले पहिलो हाफमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको प्रारम्भमा नै नाइजेरियाका खेलाडीले चलाखीपूर्ण ढंगले डिएरियामा लडेपछि रेफ्रीले नाइजेरियालाई पेनाल्टी दिएका थिए । पेनाल्टीलाई गोलमा परिणात गरेर बराबरीमा फर्किएको नाइजेरियाले त्यसलाई कायम राख्न सकेन् ।

नाइजेरियाविरुद्धको जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनालाई भाग्यले पनि साथ दिएको छ । खेलको ९०औं मिनेटमा गोल गर्दै नाइजेरियालाई अग्रता लिएको बेला अर्कोतर्फ क्रोयसियाले आइसल्याण्डलाई थोल थप्दै विजय हासिल गरेपछि अर्जेन्टिनाको यस पटकको विश्वकप यात्रा अघि बढन सहज भएको हो ।

खेल भइरहँदा अर्जेन्टिनीहरुले आफ्ना खेलाडीहरुलाई निर्कै हौसला दिइरहेका थिए अर्जेन्टिनाविरुद्ध पेनाल्टी दिएर खेल बराबरीमा फर्किएपछि केही निराश देखिएका उनीहरु खेलको अन्तिम समयमा आफ्नो टिमले अर्को गोल थपेपछि अर्जेन्टिनीहरुमा खुशीको लहर देखिएको थिए । कतिपय अर्जेन्टिनीहरुमा खुशीको आँशु देखिन्थ्यो ।

आजको निकै रोचक र सनसनीपूर्ण खेलमा अर्जेन्टिनालाई नकआउट चरणमा पुर्याउन कप्तान लियोनेल मेसी र मार्कोस रोहोले गरेको एक एक गोल नै काफी भयो । खेलको १४ औँ मिनेटमा मेस्सीले उत्कृष्ट गोल गरेर जितको आशा जगाएका थिए ।

अधिकांश समय बल पोजिसन आफ्नो पक्षमा राखेको अर्जेन्टिनाले अपेक्षाअनुसार धेरै गोल गर्न नसके पनि आजको खेलमा यसअघिका खेलहरुमा जस्तो गल्ति भने गरेन । पेनाल्टी गोलका कारण बराबरीमा रोकिएको अर्जेन्टिनालाई अग्रता लिन निकै मुस्किल परिरहेको बेला ८६ औँ मिनेटमा ग्याब्रिएल मेर्काडोको पासमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्कोस रोहोले उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले राहतको श्वास फेरेका थिए । उक्त गोलसँगै स्टेडियममा खुशीयालीले गुन्जिएको थियो ।

क्रोयसिया र आइसल्याण्डको खेलको अपडेट लिइरहेका अर्जेन्टिनी समर्थकहरु क्रोयसियाले गोल थप्दा र जित हासिल गर्दा पनि उत्तिकै खुशी भइरहेका थिए । यस खेलसँगै क्रोएसिया समूह चरणका सबै ३ खेल जित्दै ९ अंकका साथ समूह विजेता भएको छ भने अर्जेन्टिना ४ अंकसहित समूह उपविजेता भएको छ ।

यो समूहमा ३ अंकसहित नाइजेरिया तेस्रो र १ अंकसहित आइसल्यान्ड चौथो भएर दुवै घर फर्किन बाध्य भएका छन् ।

Advertisement

Advertisement

Advertisement