समूह इ बाट ब्राजिल र स्विट्जरल्याण्ड अन्तिम १६ मा प्रवेश

Advertisement

काठमाडौंः फिफा विश्वकप फुटबलअन्तर्गत गएराति भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियाविरुद्ध २–० को सहज जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह र्इ अन्तर्गतको खेलमा ब्राजिलको जितका लागि मिडफिल्डर कोउटिन्होले ३६ औं मिनेटमा पहिलो गोल गरे भने थिएगो सिल्भाले ६८ औं मिनेटमा अर्को गोल गरे ।

त्यस्तै, गएराति नै भएको अर्को खेलमा सोही समूहबाट स्विट्जरल्याण्डले कोस्टारिकालाई २–२ को बराबरीमा रोक्दै उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ ।

खेलको पहिलो हाफमा स्विट्जरल्याण्डका लागि ब्लेरिम जेमइलीले पहिलो गोल गरेका थिए भने दोस्रो हाफको ५६ औं मिनेटमा कोस्टारिकाका लागि केन्डल वाट्सनले पहिलो गोल गर्दै बराबरी बनाएका थिए ।

खेलको ८८ औं मिनेटमा कोस्टारिकाका लागि जोसिप डर्मिकले गोल गरी पुन अग्रता बनाए पनि ९० मिनेटपछिको अतिरिक्त समयमा स्विट्जरल्याण्डका योन सोमरमार्फत कोस्टारिकाका लागि आत्मघाती गोल उपहार पाएपछि खेल २–२ को बराबरीमा सकिएको हो ।

अब अन्तिम १६ को खेलमा ब्राजिलले मेक्सिकोसँग र स्विट्जरल्याण्डले स्वीडेनसँग खेल्नेछ ।

Advertisement

Advertisement

Advertisement