एउटैले छ क्विन्टलसम्म सुन तस्करी गरेको खुलासा

Advertisement

काठमाडौंः साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले छ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ ।

दारुका आफैँले अहिलेसम्म छ क्विन्टल सुन तस्करी गरेको स्वीकार गरेका हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिसँग दारुकाले तस्करी स्विकार्दै बयान दिएका हुन् ।

समाचार अनुसार, नेपाली बजारमा अहिलेको भाउअनुसार ६ क्विन्टल सुनको मूल्य २ अर्ब ९४ करोड २७ लाख रुपियाँ पर्छ । समितिले उनलाई मंगलबार दरबारमार्गस्थित होटेल अन्नपूर्णबाट पक्राउ गरेको थियो ।

समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार उनले तस्करी गरेको सुनको यो परिमाण १०–१२ वर्षदेखिको हो । एसएसपी लामाले भने, ‘उनको बयान लिने क्रम सुरु भएको छ ।

बयानकै क्रममा उनले पटकपटक गरी अहिलेसम्म ६ क्विन्टल सुन तस्कर गरेको स्विकार गरेका छन् । विगत १०–१२ वर्षदेखि उनी सुन तस्करीमा संलग्न रहेको खुलेको छ । आजको नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement