स्थानीयलाई घलेम्दीले पाँच लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने

Advertisement

काठमाडौंः घलेम्दी हाइड्रोपावरले पाँच लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ । कम्पनीले असार २२ गतेदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम दुई हजार सात सय ५० कित्तासम्म आवेदन दिनसक्ने छन् । आवेदकले छिटोमा साउन ४ गते र ढिलोमा साउन २० गतेसम्म आईपीओ भर्न पाउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भिबोर क्यापिटललाई नियुक्त गरेको छ । साथै आवेदकले म्याग्दी बेनिमा रहेका ग्लोबल आइएमई बैंक, प्रभु बैंक, गरिमा विकास बैंक र माछापुच्छ्रे बैंकबाट आईपीओ भर्न सक्नेछन् ।

आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ५५ करोड रुपियाँ पुग्ने छ । यस आईपीओलाई इक्रा नेपालले चौथो श्रेणी प्रदान गरेको छ । उक्त श्रेणीले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको देखाउँछ ।

Advertisement

Advertisement

Advertisement