विश्वकप फुटबल लक्षित सिजीको विशेष अफरमा दुई जनाले जिते २० इन्चको एलइडी टिभी

Advertisement

काठमाडौंः विश्वकप फुटबललाई लक्षित गरी नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले सञ्चालन गरेको विशेष अफरअन्तर्गत बुधबार आयोजना गरिएको लक्की ड्रमा दुई जनाले २० इन्चको एलइडी टिभी प्राप्त गर्न सफल भएका छन् ।

विजेताहरुमा इलामका धिरज आचार्य र काठमाडौं तिलगंगाका सञ्जित देउला छन् । जारी विश्वकप फुटबल प्रतियोगिता अवधिभर आफ्ना टिभी खरिदकर्ताहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक हप्ता एक जनालाई २० इन्चको टिभी उपहारस्वरुप दिने योजनाअनुसार बुधबार दुई साताभर सिजीका टिभी खरिद गरेकाहरुमध्येबाट गोलाप्राथाबाट विजेता छनोट गरी उपहार प्रदान गरिएको हो ।

अब बाँकी दुई जनालाई दुई हप्तापछि कार्यक्रम गरी छनोट गरिने सिजी इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत सिजी ब्राण्डका ब्राण्ड म्यानेजर दिवाकार नगरकोटीले जानकारी दिए । टिभी उपहारबाहेक सिजीले आफ्ना उपभोक्ताहरुलाई छुट र वारेन्टी अफरहरुसमेत सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement